दफा ३६
प्रोत्साहन, छुट, सुविधा वा सहुलियतको दुरुपयोग गर्न नहुने
(१) यस ऐन बमोजिम उद्योगले प्राप्त गर्ने प्रोत्साहन, छुट, सुविधा वा सहुलियत जुन प्रयोजनका लागि दिइएको हो सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नु पर्नेछ।

(२) कुनै उच्चोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत हुने कुनै कार्य गरेमा त्यस्तो उद्योगलाई यस परिच्छेद बमोजिमको प्रोत्साहन, छुट, सुविधा वा सहुलियत प्रदान गरिने छैन।